नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

आइतबार, फागुन १४, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
प्यालेस्टाइनले ओलम्पिक छनोट नै नखेल्ने भएपछि नेपालले छनोटको आयोजना गर्ने अधिकार पाएको हो । अब नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, र अफगानिस्तान रहेको रहेको छ । ओलम्पिक छनोट अन्तरगतको पहिलो राउन्डको खेलहरु अप्रिल ३ देखि ११ सम्म हुँदैछ । नेपालमा हुने खेलहरु दशरथ रंगशालामा हुनेछ ।
नेपालले पहिलोपल्ट महिला फुटबलको ओलम्पिक छनोट आयोजना गर्ने अवसर पाएको हो । यसअघि नेपालले दुई पटक दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।
सात समूहका शीर्ष टिमहरु दोस्रो चरणमा पुग्नेछन् । उनीहरुले दोस्रो चरणमा उत्तर कोरिया, जापान, अस्ट्रेलिया, चीन र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछन् । समूह विजेता तीन टिमसँगै उपविजेतामध्येका उत्कृष्ट एक गरी चार टोली तेस्रो चरणमा पुग्नेछ । तेस्रो चरणका उत्कृष्ट दुई टोली पेरिस ओलम्पिकमा छनोट हुनेछन् ।
ओलम्पिक छनोटकै तयारीमा नेपालले गत साता भारतको चेन्नईमा घरेलु टोलीविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्णमा २–० ले पछि रहेको अवस्थामा खेलको अन्त्यतिर सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपालको हार टरेको थियो । दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार