ललितपुर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न 

सेन्ट मेरिज प्रथम, पाटन मावि दोस्रो र आदर्श शौल तेस्रो 

बिहीबार, फागुन ११, २०७९
Global Ime Bank

ललितपुर ।  ललितपुर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगिता जावलाखेलस्थित सेन्ट मेरिज स्कुल प्रथम, पुल्चोकको पाटन माध्यमिक दोस्रो र बुङ्मतीको आदर्श सौल युवक माध्यमिक विद्यालय तेस्रो भएका छन् । 
प्रथम हुने विद्यालयले शिल्ड, प्रमाण पत्रसहित ५० हजार प्राप्त गर्‍यो । दोस्रो हुनेले कप, प्रमाण पत्र ३० हजार र तेस्रो हुने विद्यालयले प्रमाण पत्र,कप र बीस हजार नगद पुरस्कार प्राप्त गर्‍यो । विजयी खेलाडी र विद्यालयलाई नगर प्रमुख चिरीबाबु महर्जनल पुरस्कार प्रदान गरे । प्रतियोगितामा ७ वटा  स्वर्ण पदक, ४ वटा रजत पदक र ४ वटा कास्य पदक प्राप्त गरेर सेन्ट मेरिज स्कुल प्रथम भएको हो । 

327192413_732275691817698_5675922357502734230_n1677151086.jpg
नगर प्रमुख महर्जनले विजयी विद्यालय र विद्यार्थीलाई बधाई तथा शुभकामना दिए । महानगरलाई स्मार्ट नगर बनाउन विद्यार्थीहरु समेत स्मार्ट हुनुपर्ने बताए । महानगरले खेलकुदलाई प्राथमिकता राखेको बताउँदै खेलाडीलाई प्रोत्साहित गर्न पुरस्कार र सम्मान कार्यक्रम राखेको प्रष्ट पारे । 
सामाजिक विकास समितिका संयोजक तथा महानगरका प्रवक्ता राजु महर्जनले खेलुकदले विद्यार्थी वौद्धिक क्षमता विकास हुने बताए । महानगरले खेलकुद र खेलाडीलाई प्रोत्साहित गर्न प्रतियोगिताहरु आयोजना गरेको उनले प्रष्ट पारे  ।

332159224_507801164883295_5507528389856460319_n1677151126.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार