सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि भारतमा उपचार गराइरहेका कांग्रेस सांसद चन्द्र भण्डारीको ताजा तस्बिर सार्वजनिक भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका उनको बारेमा धेरै जिज्ञासा आएको भन्दै उनीसँगै रहेका योगराज कँडेलले फेसबुकमा भण्डारीको ताजा तस्बिर सार्वजनिक गरेका हुन् । ‘सवै शुभचिन्तकहरूको लागि डाक्टरको अनुमतिमा मा.चन्द्र भण्डारी सकुशल रहेको र पटक पटक शुभचिन्तकहरूले विश्वास नगरेका कारण वहाँ सकुशल र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रमाणको रूपमा यो तस्विर जारी गरिएको छ’, कँडेलले चन्द्र भण्डारीको ताजा तस्बिर सार्वजनिक गर्दै लेखेको छन्, ‘कम्तिमा २१ दिनसम्म ग्रराफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यस पश्चात मात्र भेटधाट गर्न दिने भएकोले अहिलेलाई भेटधाटको लागि अनुरोध नगर्न अनुरोध ।’
चिकित्सकहरुका अनुसार भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ । गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार सम्भव नभएपछि उनलाई बिहीबारनै थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । मुम्बइमा भण्डारीसँगै रहेका रहेका कँडेलले फेसबुक अपडेटमा लेखेका छन्, ‘प्रेसर मास्क अक्सिजन ५ लिटर झारिएको छ । यो भोलि सम्म रहने र ट्रयालमै रहेको छ । पारामिटरहरु नर्मल रहेको छन् ।’ सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको कँडेलले जानकारी दिएका छन् । हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न नदिएको बताए । सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।