राष्ट्रपतिमा महन्थलाई समर्थन गर्न काँग्रेसको साथ खोज्दै लोसपा नेताहरू

बुधबार, फागुन १०, २०७९

काठमाडौँ । महन्थ ठाकुरलाई राष्ट्रपतिमा सघाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले काँग्रेससँग प्रस्ताव राखेको छ । लोसपाका नेताहरूले आज बिहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निवासमा भेटेर राष्ट्रपतिमा महन्थलाई सघाउन आग्रह गरेका हुन् । लोसपा नेताहरु आज बिहान देउवालाई भेट्न धुम्बाराही गएका हुन् । 
यसअघि मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लोसपाका नेताहरुले भेटेर सोही प्रस्ताव राखेका थिए । 
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दलहरूले दौडधुप बढाएका छन्। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। 
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार