बोल्न थाले चन्द्र भण्डारी, स्वास्थ्य अवस्था सामान्य बन्दै 

बुधबार, फागुन १०, २०७९

काठमाडौं । आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।
मुम्बइबाट योगराज कँडेलले दिएको जानकारी अनुसार ५ लिटर अक्सीजनमा मात्र राखिने भनियता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ ।
‘एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ । पारामिटरहरु नर्मल रहेको । शरीरमा ज्वरो छैन । यो बेला ज्वरो आउनु हुँदैन आएमा राम्रो हुँदैन भन्ने चिकित्सकको मत छ’ कँडेलले लेखेको छन्,  ‘अबको काम भनेको इन्फेक्सनवाट बचाउने मात्र हो भन्दै थिए डाक्टर साव ।’  
‘म डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि चिच्चाई राख्नु भएको थियो । यहाँ मसंग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्दै हुनु हुन्थ्यो’ उनलेले लेखेका छन्, ‘नर्सहरुले सोधे के भनेको हो मैले भने सवै हटाउन भन्नु हुन्छ भने पछि केही समयका लागि प्रेसर मास्क हटाई दिए नर्सहरुले ।’ 
‘मैले सोधे किन आज यस्तो वहाँमा छटपटाहट छ त भन्दा डाक्टरले भन्नु भयो आज डे«सिंग चेन्ज गरेको कारण वहाँलाई दुखि रहेको छ सदै पेन किलर नदिने भनेर आज दिएका छैनौ भन्दै थिए’ कँडेलले थप जानकारी दिँदै लेखेका छन्,‘ चिन्ता गर्नु पर्ने कुनै विषय छैन तर घाउहरु निको हुन समय लाग्छ । सवै ठिक छ, आँखाहरु टाठा छन् साथै छिटो सञ्चो हुने आत्मवल देखिन्छ।’  
गत बिहीबार शंखमुलस्थितमा निवासमा ग्यास लिक हुँदा आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार