राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गर्दै आयोग 

बुधबार, फागुन १०, २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन आउन अब ४ दिन मात्रै बाँकी  छ । राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । उम्मेदवार मनोनयनको दिन नजिकिए पनि दलहरूले राष्ट्रपति उम्मेदवारहरु तय गर्न सकेका छैनन् । तर पनि निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसारको तयारी भने सुरु गरिसकेको छ । 
आयोगले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्दै छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको सूची पठाइसकेको छ । आगामी २ं५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार