सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै नेपालले विश्वकप लिग २ मा पहिलो पटक सबै चार खेल जित्न सफल भएको छ । जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा कप्तान रोहित पौडेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे । नेपालले यस सिरिजमा चारै खेल जितेको हो । लिग २ मा नेपालले पहिलो पटक चारै खेल जितेको हो । एक समय ३१.५ ओभरमा १३८–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई करण केसी र रोहित पौडेलले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाएका हुन् । कप्तान रोहितले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए । यसअघिका तीन खेलमा सानदार ब्याटिङ गरेपनि स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको थियो । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो । स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै कुशल एलबीडब्लू आउट हुन पुगे । तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको बलमा आसिफ शखे १२ रनमा काइल कोट्जरबाट क्याच आउट भए । स्पिनर मार्क वाटले अनभुवी ब्याटर ज्ञानेन्द्र मल्ललाई २१ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले ३० बलमा ४ चौका हाने । त्यो समय नेपाल १०।३ ओभरमा ३४–३ को अवस्थामा पुगेको थियो । स्पिनर क्रिस ग्रेभ्सले कुशल मल्ललाई १७ रनमा बोल्ड आउट गरे । छैटौं विकेटका लागि दीपेन्द्र र रोहितले ४४ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ग्रेभ्सकै बलमा ७ रनमा बोल्ड आउट भए । मार्क वाटले सोमपाललाई २ रनमा आउट गरे । सन्दीप ९ रनमा क्याच हुँदा नेपाल १३८–८ को दयनीय अवस्थामा पुगेको थियो । स्कटल्यान्डका क्रिस ग्रेभ्सले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । मार्क वाटले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । ब्रेन्डन म्याकुमेलन, शफ्यान शरिफ र माइकल लिस्कले एक एक विकेट लिए । त्यसअघि टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । नेपाली बलर सामु मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले रन बनाउन सकेनन् । कप्तानी पारी खेल्दै रोहिले नेपाली क्रिकेटका समर्थकलाई निराश हुनबाट जोगाएका छन् । रोहितले ओडिआई करिअरमा आजको अर्धसतक सातौं हो । यसअघिका तीन खेलमा सानदार ब्याटिङ गरेपनि स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको थियो । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो । नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।