ब्याटिङ नचल्दा नेपाल समस्यामा 

पाँच विकेटको क्षति बेहोर्दा ९० रन मात्रै जोड्न सफल 
मंगलबार, फागुन ९, २०७९
Global Ime Bank

काठमाडौं ।  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब सुरुवात गरेको छ । नेपालका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र कुशल मल्ल दबै आउट हुँदा खेलको नजिता यस्तै हुन्छ भन्न सकिने अवस्था छैन । 
जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२‍.५ ओभरमा ५ विकेट गुमाउँदै ९० रन मात्रै बनाएको छ । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो ।
स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै कुशल एलबीडब्लू आउट भएका थिए । तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको बलमा आसिफ शखे १२ रनमा काइल कोट्जरबाट क्याच आउट भए । आसिफले २३ बलमा १ चौका हाने ।
स्पिनर मार्क वाटले अनभुवी ब्याटर ज्ञानेन्द्र मल्ललाई २१ रनमा एलबीडब्लू आउट गरे । ज्ञानेन्द्रले ३० बलमा ४ चौका हाने । त्यो समय नेपाल १०.३ ओभरमा ३४–३ को अवस्थामा पुगेको थियो । स्पिनर क्रिस ग्रेभ्सले कुशल मल्ललाई १७ रनमा बोल्ड आउट गरे । पछिल्लो खेलमा नामिबियालाई तीन विकेटले हराउन कुशल मल्ल र ज्ञानेन्द्र मल्ल दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नामिबियालाई हराउन कुशलले ६२ रन जोडेका थिए । स्कटल्यान्डलाई तीन विकेटले हराउन कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन बनाउनुको साथै दुई विकेट लिएका थिए । नामिबियालाई हराउन ज्ञानेन्द्र मल्लले ६५ रन जोडेका थिए । सन्दीप जोरा एक रनमा क्याच आउट भएपछि नेपाल ६१–५ को दयनीय अवस्थामा पुगेको छ । नेपालका दीपेन्द्रसिंह ऐरी ५ र रोहित पौडेल १६ रनमा क्रिजमा छन् ।
त्यसअघि टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए । मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
मुन्शे सन्दीपको बलमा बोल्ड भएका थिए । मुन्शे आउट हुनुअघि स्कटल्यान्ड १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा थियो । मुन्शेको विकेटपछि इनिङ धरासयी बनेको थियो । मुन्शे १४ औं ओभरको पाँचौं बलमा सन्दीपलाई लगातार तीन चौका हान्ने आक्रममा बोल्ड हुन पुगेका थिए ।
नेपालका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार