स्कटल्यान्डविरुद्ध सन्दीपले लिए ३ विकेट

मंगलबार, फागुन ९, २०७९
Global Ime Bank

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । सन्दीपले आफ्नो दोस्रो ओभरमा नै तीन विकेट लिएका हुन्।
दोस्रो विकेटको रूपमा अर्धशतक बनाएका जर्ज मन्जीलाई १३.५ ओभरमा ६० रनमा बोल्ड आउट गराएका सन्दीपले छैटौँ बलमा रिची बेरिङटनलाई शून्यमा आउट गराए । यसअघि सन्दीपले कायल कोएट्जरलाई २२ रनमा एलबीडब्लु आउट गराएका थिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। २२ ओभरको समाप्तीमा स्कटल्यान्डले ५ विकेटको क्षतिमा १२० रन बनाएर खेलिरहेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा आज  भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने  निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गरेको हो । 
यस सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले विजयी हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैटौँ स्थानमा छ ।
त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारका साथ ५० अङ्कका साथ शीर्षस्थानमा छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार