राष्ट्रपति चुनावबारे छलफल गर्न माअ‍ोवादीको पदाधिकारी बैठक सुरु

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

सोमबार, फागुन ८, २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयको दिन नजिकिँदै जाँदा राजनीतिक दलहरुले भेटघाटलाई तीब्रता पारेका छन् । सत्ता गठबन्धनका नेताहरु तथा विपक्षी दलका नेताहरुले म्याराथन शैलीमा राजनीतिक भेटमा सहभागी हुन थालेका छन् । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन यहि फागुन १३ गतेको लागि मिति तय गरिएको छ । यसै सन्दर्भमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राष्ट्रपति निर्वाचनकै विषयमा सिंहदरबारमा छलफल भएको छ । 
नेपाली काँग्रेसका नेताहरुले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि सोही भेटकै सेरोफेरोमा रहेका आज दुई नेताबीच नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो । 
छलफलमा फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन बारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

PRO-Ktm-6F8A26901676898184.JPG

राष्ट्रपति चुनावबारे छलफल गर्न माअ‍ोवादीको पदाधिकारी बैठक सुरु
यसैबीच राष्ट्रपति निर्वाचनकै विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ । माओवादीको यो धारणाले सत्ता सहयात्री दल नेकपा एमाले झस्किएको छ ।
नेपाली कांग्रेसका कतिपय नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन् ।

PRO-Ktm-6F8A26981676898228.JPG

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।  राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले मिति तय गरेको छ । 

nirwa1676898371.jpgसंसद् भवन परिसरमा आज आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरे ।  राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।  यस पटकको निर्वाचनमा पनि २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी मतभार कायम गरिएको छ ।  राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने तयारी आयोगको छ । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसके भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने भएको छ ।  मतदात अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ ।


आयोगले उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई उक्त निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । सङ्घीय संसद्का प्रति सदस्यको ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।
वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार