नामिबियाको चारै हारले नेपाललाई फाइदा 

नामिबियामाथि स्कटल्यान्डको ४३ रनको जित 

सोमबार, फागुन ८, २०७९
Global Ime Bank

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक  एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । नामिबियालाई जितका लागि २२२ रनको स्कटल्याण्डको मध्यमम स्तरको लक्ष्य पच्छ्याउने क्रममा ३८.४ ओभरमा अल आउट हुँदै १७८ रन मात्रै जोड्न सफल भएको छ । 
यो खेलसँगै नामिबिया पटक चारै खेलमा पराजित भएको छ ।  नामिबियाको चारै हारले भने नेपाललाई फाइदा पुगेको छ । नामिबियाको हारले नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना बढेको छ ।
जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । स्कटल्यान्डसँग पहिलो खेलमा १० विकेटले पराजित भएको थियो । नेपालसँग भने दुई र तीन विकेटले हारेको थियो ।

namibia-scotland-cicket1676876333.jpg
नामिबियाका ओपनर लो हान्डरे लरेन्सले ६७ बलमा ६ चौकासहित सर्वाधिक ५२ रनको योगदान दिए । एक समय नामिबिया १२४–३ को अवस्थामा थियो । कप्तान जेरार्ड इरास्मस मार्क वाटको बलमा ४३ रनमा क्याच आउट भएपछि नामिबियाले लगातार विकेट गुमाएको थियो । गेरार्डले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
त्यसपछिका अन्य ब्याटरले क्रिजमा राम्रो प्रदर्शन गर्न सकेनन् । जेन ग्रीन २५ र रुबेन ट्रम्पलम्यान १० रनमा आउट भए । स्कटल्यान्डका स्पिनर मार्क वाटले ८.४ ओभरमा २ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए । माइकल लिस्कले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । ब्रेन्डन म्याकमुलेनले दुई र क्रिस ग्रेभ्सले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४८.४ ओभरमा २ सय २१ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका क्रिसटोपर म्याकब्राइड ७५ बलमा ७ चौकासहित सर्वाधिक ४७ रनको योगदान दिए ।
तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ओपनर काइल कोट्जरलाई तेस्रो बलमै शून्यमा क्याच गराएका थिए । उनी एज लागेर विकेटकिपर जेन ग्रिनबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए । डेब्यू खेल खेलेका लियाम नेलर २० रनमा बोल्ड आउट भए । दुई खेलाडी ज्याक जार्विस र क्रिस सोल चोेटका कारण खेल्न नसक्ने भएपछि उनले डेब्यू पाएका थिए ।
तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले लियामलाई बोल्ड आउट गरे । उनले २१ बलमा ४ चाका हाने । तेस्रो विकेटका लागि रिची र क्रिसटोफरले ४३ रनको साझेदारी गरेका थिए । म्याकब्राइड स्पिनर पिक्की या फ्रान्सको बलमा क्याच आउट भएका थिए ।
ट्रम्पलम्यानले नै विकेटकिपर म्याथ्यु क्रसलाई १६ रनमा बोल्ड गरे ।
३३ औं ओभरको पहिलो बलमा स्पिनर बेनार्ड स्कोट्जले कप्तान रिची बेंरिग्टनलाई ३२ रनमा एलबीडब्लू आउट धरापमा पारे । ५५ बल खेलेका रिचीले एक छक्का र एक चौका हाने । मध्यक्रमका ब्याटर टम म्याकिन्टस ४८ बलमा ४ चौकासहित ३४ रनमा आउट भए । ब्रेन्डन म्याकमुलेन ४ रनमा लुंगामेनीको बलमा कट एण्ड बोल्ड आउट भए ।
नेपालविरुद्ध सानदार शतक हानेका माइकल लिस्कलाई ट्रम्पलम्यानले ४५ औं ओभरको चौथो बलमा २९ रनमा बोल्ड गरेपछि स्कटल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । लिस्कले २६ बलमा १ चौका र २ छक्का हाने ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए । ओडिआईमा दोस्रो पटक पाँच विकेट लिएका ट्रम्पलम्यानको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । अर्का तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । नामिबिया बाँकी दुबै खेलमा विजयी हुँदा ४१ अंकमा पुग्नेछ ।
नेपाल सबै ९ खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मौत्र पुग्न सक्छ । त्यसैले नामिबियाको हारले नेपाललाई फाइदा पुग्ने भएको छ ।

अंक तालिका
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम दुई खेल नामिबियाले युएईसँग खेल्नेछ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार