सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्कटल्यान्डले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध मध्यम प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा अल आउट भएको छ । उसले २२१ रन बनाएको छ। नामिबियालाई विजयको लागि २२२ को लक्ष्य दिएको छ । स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो। नामिबिया नेपालसँग भने दुई र तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले अन्तिम खेल नेपालसँग मंगलबार खेल्नेछ। स्कटल्यान्ड तीन खेल अगावै विश्वकप लिग २ को च्याम्पियन बनेको थियो । आजको खेल स्कटल्यान्डले जित्दा नेपाललाई फाइदा पुग्नेछ ।
विभिन्न सात राष्ट्र सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ ।