सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपतिको उम्मेदवार १३ गतेमात्रै घोषणा हुने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग ओलीले भने, ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु ।’ आफ्नो पार्टीले जसलाई उठायो उही राष्ट्रपति बन्ने पनि उनको दाबी थियो । अध्यक्ष ओलीले अहिलेको समीकरण जन्मिने बेलामा नै उक्त कुरा तय भएको पनि उनको तर्क थियो । ओलीले भने, ‘राष्ट्रपति को हुन्छ भन्ने पहिला नै तय छ। अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखिएर आएको छ।’ एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने र त्यसमा नै सहमति हुनुपर्ने ओलीले बताए । ‘हामी उम्मेदवार उठाउँछौं त्यसमा सबैको सहमति हुनुपर्छ । माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै छैन,’ अध्यक्ष ओलीले भने ।