आइसिसी क्रिकेट लिग 

नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्ल र आशिफ शेखले बनाए अर्धशतक

शनिबार, फागुन ६, २०७९
Global Ime Bank

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले अर्धशतक पूरा गरेका हुन् । उनले ७३ वर्षमा ६५ रन जोडेका छन् भने । २७५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ बलिङमा आएका आशिफले ७७ बलमा ६२ रन बनाएका छन् । २५ ओभरको खेल हुँदा नेपालले १३९ रन बनाएको छ । 
यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपालसामु जितका लागि दुई सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रन बनायो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे । 
त्यस्तै, नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । यसअघि यही फागुन २ गते भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार