स्थानीय तहका जनप्रतिनिधिको जरिवाना मिनाहा

शनिबार, फागुन ६, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा गरेकी छन् ।
मन्त्रिपरिषद्को फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा जरिवाना रकम माफी मिनाहा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा विष्णुकुमार लिम्बुसमेतका तीन सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेकी छन् । यो निर्याय भोलिदेखि लागू हुनेछ ।
राष्ट्रपति भण्डारीले पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार