सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पहिलो र दोस्रो ओभर राम्रो खेलेपछि गत बुधबारको लय पक्कडने आशा गरिएको नेपालको खेल तेस्रो ओभरदेखि खस्कँदै जाँदा नेपाली क्रिकेटका फ्यान निशारा नै बनिसकेका थिए । लगातार ५ विकटे झर्दा अब नेपालले गेम हार्यो भन्ने दर्शकमा निशारा नै छाइसकेको थियो । तर मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेर नेपाली दर्शकलाई खुसी तुल्याएको छ । प्रतियोगितामा दिपेन्द्रले अविजित ८५ रनको योगदान दिए । उनलाई कुशल मल्लले ८१ रन जोडेर सघाएका थिए । छैठौ विकेटमा साझेदारी गरेका उनीहरुले बनाएको रननै नेपालका लागि विजयी हुने अवसर दिलायो । आजको खेलमा कुशल भुर्तेलले १६, आशिष शेखले ९, ज्ञानेन्द्र मल्ल ४, रोहित पौडेलले ६, सन्दिप जोराले ५ रन जोडेर नेपाललाई जितको बाटो देखाएका हुन् । यस्तै गुल्सन झाले १७ र सोमपाल कामी (अविजित) ले जोडेको २४ रनको नेपालको जितका लागि महत्वपूर्ण रह्यो । कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग–२ मा ३ विकेटको विजय हात पारेको छ । नेपालले २ सय ७५ रनको लक्ष्य १८ बल अगाडि नै पूरा गर्यो । आजको खेलमा दिपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच बने । लिग–२ मा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले नामिविया जित हात पारेको थियो ।