सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पहिलो ओभर राम्रो खेलेपछि गत बुधबार लय पक्कडने आशा गरिएका नेपालको खेल दोसो ओभरदेखि खस्कँदै जाँदा नेपाली क्रिकेटका फ्यान निशारा नै बनिसकेका थिए । लगातार ६ विकटे झर्दा अब नेपालले गेम हारयो भन्ने दर्शमा निशारा नै आइसकेको थियो तर मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेर नेपाली दर्शकलाई खुसी तुल्याएका छ । प्रतियोगिता दिपेन्द्रले अविजित ८५ रनको योगदान दिएका थिए उनलाई कुशल मल्लले ८१ रन दिँदै सघाएका थिए । छैठौ विकेटका साझेदारी गरेका उनीहरुको रनले नेपाली विजयी भएको हो । आजको खेलमा कुशल भुर्तेलले १६ रन, आशिष शेखले ९ रन, ज्ञानेन्द्र मल्ल ४, रोहित पौडेलले ६ रन, सञ्जिव जोहराले ५ रन जोडेर नेपाललाई जितको बाटो देखाएका हुन्् । यस्तै गुल्सन झाले १७ र सोमपाल कामीले अविजित २४ रनको योगदान दिए ।