सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा सट्टेबाजी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सट्टेबाजी गरेको अभियोगमा एक जनलाई नियन्त्रणमा लिएको हो । नेपाल र स्कटल्याण्डबीचको खेल भइरहेका बेला सट्टेबाजीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय क्रिकेट खेलमा सट्टेबाजी र म्याच फिक्सिङका घटना बाहिरिएपछि प्रहरीले सुक्ष्म रुपमा निगरानी गरिरहेको छ। केही दिनअघि मात्र व्यूरोले नेपाल टी–२० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालया बुझाएको छ। मंगलवार ब्युरोले रायसहितको प्रतिवेदन बुझाएको थियो ।