'कांग्रेसलाई राष्ट्रपतिमा सघाए प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री' 

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने बताएको छ ।  कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले समर्थन गरे कांग्रेसले ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्ने बताए । 
अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने उनको तर्क छ । महतले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए ।  उनले न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा भने, 'राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प हाे ।' 

राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न उनले आग्रह गरे।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार