सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका हुन् । पछिल्ला राजनीतिक विषयवस्तु र समसामयिक घटनाक्रमका बारेमा प्रधनमन्त्रीको ध्यानाकर्षण गराउनेगरी ज्ञापनपत्र बुझाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अध्यक्ष केसीसहित उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए।
‘राष्ट्रियताको रक्षाका निम्ति अग्रपङ्क्तिमा छु’ प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रियताको रक्षाका निम्ति सधैँ अग्रपङ्क्तिमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरुसितको भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए । जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका थिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई भेटी राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेश गरेको थियो । भेटमा केसी नेतृत्वको टोलीले बागलुङको गलकोट क्षेत्रमा महिलाका गरगहना लुट्नुका साथै चार जनाको हत्या गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । साथै अन्य जिल्लामा पनि गरगहना लुटपाटका घटना घटेको र महिला असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो ।