आइसिसी विश्वकप क्रिकेट लिग–२  

टस जितेर फिल्डिङ रोज्यो नेपालले

शुक्रबार, फागुन ५, २०७९
Global Ime Bank

*काठमाडौं । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।
घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ ।
आइसिसी लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्न लागेको हो । स्कटल्याण्ड आइसिसी क्रिकेट विश्वकप लिग–२ को विजेता बनिसकेको टोली हो । कीर्तिपुर मैदानमा गत बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो । 
लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र आठ खेलमा हार बेहोरेको छ ।  स्कटल्याड ४८ अङ्कका साथ शीर्ष स्थानम छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी खेल खेल्न बाँकी छ । बाँकी खेल सबैमा पराजित भए पनि स्कटल्यान्ड शीर्षस्थानमै रहनेछ । 
त्यस्तै लिग–२ मा नेपालले अब ११ खेल खेल्न बाँकी छ । २५ खेलमा नौमा जित र १४ खेलमामा हार बेहोरेको नेपाल २० अङ्कसहित छैटौँ स्थानमा छ । एकदिवशीय मान्यता पाएका विभिन्न सात एशोसिएट राष्ट सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवशीय मान्यता बनाई रहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ । 
लिग २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्कका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अङ्कका साथ पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अङ्क जोड्दै अन्तिम स्थानमा छ ।
नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवशीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ । स्कटल्याण्डसँग पनि नेपालले विजयको लक्ष्यसहित खेल्ने अपेक्षा गरिए पनि उसलाई हराउन सहज भने हुने छैन ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार