जलेर घाइते भएका काँग्रेस सांसद चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिँदै

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको आज विहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया गरिने छ । शुक्रवारको शल्यक्रियापछि स्थिति सुध्रिएर आउने आशा गरिएको केन्द्रीय सदस्य अजयबाबु सिबाकोटीले उल्लेख गरेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य सिबाकोटीले मुम्बाईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीलाई उदृत गरी फेसबुकमा उल्लेख गरेनुसार बरिष्ठ चिकित्सकहरूको टिमले डा.चन्द्र भण्डारीको हिजोदेखि नै उपचार सुरू गरेका छन् । डा.भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कंडेल र माधव न्यौपानेका अनुसार उनको अवस्था स्थिर रहेको छ ।

कांग्रेसद्वारा स्वास्थ्यलाभको कामना
यसैबीच नेपाली कांग्रेसले आफ्ना नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी बुधबार राति ग्यास लिक भई गम्भीर घाइते भएका सांसद भण्डारीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
घटनामा परी गम्भीर घाइते भएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी ममतामयी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ । कांग्रेसले स्व हरिकलाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
नेता डा भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँका कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको पनि कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

भण्डारीसँगै नर्भिक अस्पतालको टोली भारत
ग्यास सिलिण्डरबाट घाइते नेपाली कांग्रेसका नेता डा.चन्द भण्डारीको थप उपचारका लागि भारत लैजाँदा उनीसँगै नर्भिक इन्टरनेशनल अस्पतालको क्रिटिकल केयर युनिटको चिकित्सकसहितको टोली पनि गएको छ । क्रिटिकल केयरका प्रमुख डा प्रदीप तिवारी नेतृत्वमा छ जनाको टोली गएका हुन् । यस्तै एनेस्थेसिया क्रिटिकल केयरका डा वृहस्पति केसी, डा रोशन शर्मा र पारामेडिक्सतर्फ दिनेश राई, सागर महर्जन र राज तामाङ छन् । चिकित्सकको टोली मुम्बई अस्पतालमा डा भण्डारीलाई पु¥याइ उपचार सुरु भएपछि फर्कने छन् । कीर्तिपुर अस्पतालले यहाँ भएको साधन र स्रोतको अवस्थामा डा भण्डारीको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण  (सिफारिस)गरेको थियो । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको छ

 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार