बालाजु लुटपाट घटना छानविन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

बिहीबार, फागुन ४, २०७९

काठमाडौं । यातायात मजदुरहरूले बालाजुमा गरेको तोडफोड लुटपाटको घटनाको छानविन गर्न उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।
प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलका अनुसार क्षतिपूर्ति निर्धारण गर्न सो छानविन समिति गठन गरिएको हो । समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना छन् ।
समितिलाई यथाशीघ्र छानविन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डीआईजी पोखरेलले जानकारी दिए । माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए ।
प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा. १ झ ७२२४ नम्बरको गाडी जलाएका थिए । विष्टलाई उपत्यका प्रहरी कार्यालय तानिएको छ भने व्यपारीहरुले करोडौ नोक्सानी भएको बताउदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार