सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति निर्वाचका लागि उम्मेदवार मनोनयनका दिन नजिकिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अोलीबीचको भेटवार्ता बाक्लिएको छ । दुबै नेता आफू अनुकुलका उम्मेदवारलाई राष्ट्रपति बनाउन चाहन्छन् । एमाले–माओवादीसहितको गठबन्धन बनेका बेला राष्ट्रपति एमालेलाइ दिने सहमति भएको सार्वजनिक भएको थियो । काँग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि राष्ट्रपतिको उम्मेदवारका विषयमा प्रचण्डलाई अप्ठ्यारो परेको छ । राष्ट्रपति निर्वाचन तथा रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच भेटवार्तामा भएको हो । राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ । भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट भएको यो पहिलो पटक हो । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचण्ड र ओलीबीचको भेटवार्ता बाक्लिँदै गएको छ। राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दलबीच मतभेद देखिन थालेको छ । पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति आफूले पाउनु पर्ने अडान राख्दै आएको छ भने माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताएको छ । उता प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफूलाई सघाउने विश्वास लिएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मनोनयन यही १३ गते हुँदैछ।