रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलको निष्कर्ष

बुधबार, फागुन ३, २०७९

काठमाडौं । रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज सफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ ।
लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो ।


सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले जारी गरेको पत्रमा भनिएको छ, ‘तपाईंले यस कार्यालयमा मिति २०७९–१०–२४ मा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ ।’

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार