सन्दीपविरुद्धको मुद्दा कहिले छिनोफानो हुन्छ ?

बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो : सांसद सुमना

बुधबार, फागुन ३, २०७९

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन् ।

sumana1676445978.JPG
आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले भनिन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’ यो घटनाको कारण पीडितलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको उनको भनाइ छ।

sum1676445989.JPG
न्यायपालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि बिभाजित हुन थालेको बताउँदै उनले सन्दीप लामिछाने विरुद्धको मुद्दा छिटो छिनोफानो गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ?  राष्ट्रको प्रतिनिधित्व गरेको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ?’

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार