अपराधकर्मका लागि नेपाली भूमि रोज्दै विदेशी नागरिक

ठूलो मात्रामा लागूऔषधसहित १३ जना पक्राउ
मंगलबार, फागुन २, २०७९

काठमाडौं । केही वर्षयताका अपराधका घटना केलाउने हो भने नेपाली भूमिलाई विदेशी नागरिकले अपराध कर्म गर्ने थलोको रुपमा प्रयोग गरेको पाइएको छ । नक्कली नोट, सुन तथा लागूऔषध ओसारपसारमा नेपालीसहित उल्लेख्य रुपमा विदेशी नागरिक क्रियाशील भएको देखिएको छ । यसले नेपाली भूमिलाई अपराध कर्मका लागि उर्बर भूमि नै मानेका हुन कि भन्ने आशंका बढ्न थालेको छ । यस्तैमा मंगलबार नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ठूलो मात्रामा नियन्त्रित लागू औषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। लागू औषध कारोबारमा नेपालीसहित विदेशी नागरिक पक्राउ परेपछि विदेशीले नेपाली भूमिलाई अपराधकर्म गर्ने थलोको रुपमा प्रयोग गरेको प्रष्टै भएको छ ।
व्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागू औषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेट सहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
काठमाडौं महानगर १६ स्थीत दलाछी टोलमा रहेको सोलुखुम्वु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागू औषध र रु ४ लाख १७ हजार नगद बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विकास राज खनालले जानकारी दिए।
शेर्पालाई पक्राउ गरि थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको व्युरोले जनाएको छ ।
त्यस्तै व्युरोले त्रिभुवन विमानस्थलबाट थाईलाईन एयरलाईन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकहरुलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागू औषध चरेश सहित पक्राउ गरिएको व्युरोका प्रमुख खनालले जानकारी दिए ।
त्यस्तै व्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हिरोइन सहित कोटेश्वरबाट १ जनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ।

थाइ नागरिक पनि चरेश कारोबारीमा
अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको छ ।
जाँच गर्दा उनीहरूबाट झण्डै २४ किलो चरेश फेला परेको ब्यूरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । यसरी चरेश लैजान खोज्ने थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैयालाई पक्राउ गरिएको छ । उनीहरू थाइलाइन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्डको बैंकक जान लागेका थिए । सूक्ष्म निगरानीमा निस्किएको प्रहरीले उनीहरूको गतिविधि शंकास्पद देखेपछि लगेज जाँच गर्दा फल्स बटम बनाई लागुऔषध ओसारपसार गर्न लागिएको अवस्थामा फेला परेको हो ।
उनीहरूले फल्स बटम बनाएर लुकाई लैजान लागेको अवस्थामा २३  दशमलव आठ किलोग्राम चरेश बरामद गरिएको छ । उनीहरूले कोसँग कसरी चरेश खरिद गरेका थिए भन्ने कुरा खुल्न बाँकी छ । यसैबीच प्रहरीले नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनलगायत केही नेपालीलाई पक्राउ गरेको छ ।
ठूलो परिमाणको नियन्त्रित लागुऔषध नाइट्राभेट ट्याब्लेट तथा अन्य लागुऔषध २० हजार एम्पुल तथा नगद रु चार लाख १७ हजारसहित चार जनालाई पक्राउ गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट प्राप्त सूचनालाई विश्लेषण गरी निरन्तर निगरानीपछि उनीहरूलाई पक्रन ब्यूरो सफल भएको हो । पक्राउ परेका सोलुखुम्बुका लाक्पा शेर्पाबाट लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी २० हजार ३०० एम्पुल, नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट र रु ४, लाख ५ हजार नगद बरामद गरिएको छ । शेर्पा विसं २०७० असारमा हातहतियार मुद्दामा पक्राउ परी तीन वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।
सुन्धारास्थित सडक किनारबाट शेर्पालाई बिक्री गरेको लागुऔषधवापतको रकम लिन भारत मधुवनीबाट काठमाडौँ आएका ३८ वर्षका फैज अहमदल र धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

भारतीय नोटसहित युवक पक्राउ
महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ बस्ने महेन्द्र यादवका छोरा २९ वर्षीय महेश यादव हुन् । भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर सहरबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरको स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच सयको तीन हजार चार सय थान नोट ३४ बण्डलमा १७ लाख रुपैयाँसहित युवक महेशलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी उपरीक्षक मल्लले आफैँ मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरिएको हो । स्रोत नखुलेको भारतीय रुपैयाँ १७ लाख (नेपाली २७ लाख २० हजार) सहित पक्राउ परेका युवक महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार