नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दियो, लक्ष्य भेट्टाउन नेपाललाई कठिन हुने अनुमान 

मंगलबार, फागुन २, २०७९
Global Ime Bank

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नामिबिया र नेपालबीच कीर्तिपुर मैदानमा भइरहेको खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको लक्ष्य दिएको हो । नामिबियाले ४९.५ ओभरमा अलआउट हुँदै २८५ रन बनाएको छ । नामिबियाको लागि मिचेल भान लिंगेनले १३३ रनको सानदार शतक बनाए । १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का हाने । कप्तान गेरहार्ड इरास्मसले ५६, जेन ग्रिनले ३४ रन बनाए ।
नेपालका लागि करण केसीले ५ विकेट लिए । सन्दिप लामिछानेले ३ विकेट लिए। सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार