राष्ट्रपतिको निर्वाचन अगावै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने !  

मंगलबार, फागुन २, २०७९
मयुर प्लाई

काठमाडौं । भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मिति प्रस्ताव गरेको छ । भारतीय प्रसताव अनुसार प्रधानमन्त्री राजी भए राष्ट्रपतिको निर्वाचन अघि नै उनको भारत भ्रमण हुने छ । भारतीय प्रस्ताव अनुसार प्रधानमन्त्रीको भारत भ्रमण आगामी फागुन १७ देखि २० फागुन गराउने छ । 
प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिन र नेपाल–भारत सहकार्यका विविध पक्षमा छलफल गर्न सोमबार काठमाडौं आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावास भ्रमणको तयारीमा जुटे पनि मिति भने तय भएको छैन । मङ्गलबार प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा हुन सक्छ । 
राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । क्वात्रा नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा सोमबार बिहान नेपाल आएका हुन् । 
गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटपछि प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार