फेरि अर्का अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा

उपसहायक विदेशमन्त्री अख्तरले पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने बारे छलफल गर्ने
मंगलबार, फागुन २, २०७९

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालमा एकपछि अर्काे उच्च पदस्थ अधिकारीलाई नेपाल भ्रमणमा पठाएर कुटनीतिक सम्बन्धलाई महत्व दिएको देखाएको छ । केही दिन अघि अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावरले नेपाल भ्रमण गरेकी थिइन् । 
यूएसएआईडीकी प्रमुख समान्था पावरले नेपाल भ्रमण गरेको केही दिनअघि अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । मंसिरमा चुनाव भएपछि नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भइरहेको छ । त्यसै क्रममा अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर सोमबार नेपाल भ्रमणमा आएका छन् । नेपाल भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने अमेरिकी दूतावासले जनाएको छ । साथै उनले  नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ । 
उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नेछन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार