उच्चस्तरीय संयन्त्रको बैठकलगत्तै छलफलमा जुटे रवि लामिछाने, सरकारमा सहभागी हुने मुख्य एजेण्डा 

आइतबार, माघ २९, २०७९

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा सहभागी हुन औपचारिक आग्रह गरेपछि सभापति रवि लामिछाने आन्तरिक छलफल थालेका छन् । उनी पार्टी कार्यालय बसुन्धारामा उपसभापति र महामन्त्रीसहितको छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलगत्तै रास्वपाका नेताहरू छलफलमा जुटेका हुन् । बालुवाटार बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी भएका थिए । 
बालुवाटार छलफलमा सभापति लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । सोही आग्रहबारे छलफल गर्न पार्टी कार्यालयमा शीर्ष नेताहरू जुटेका हुन् । गृह मन्त्रालय नपाएपछि असन्तुष्ट हुँदै रास्वपाले सरकार छाडेको थियो ।  
गत माघ १३ गतेको सर्वोच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेले सांसददेखि मन्त्री पदसमेत गुमाएका थिए । राहदानी विवाद कायमै रहेका बेला उनले गृहमै फर्किन खोज्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका थिएनन् । प्रधानमन्त्री रविलाई गृहमा ल्याउन तयार नभएपछि माघ २२ मा रास्वपाले अन्य तीन मन्त्रीलाई फिर्ता ल्याउँदै सरकार छाडेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार