राजनीतिक संयन्त्रको बैठक; रास्वपालाई सरकारमा सहभागी गराउन पहल गर्ने 

आइतबार, माघ २९, २०७९

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । आइतबार बालुवाटारमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भर्खरै सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारका कामकारबाहीका विषयमा समीक्षा भएको जानकारी दिए । रास्वपालाई सरकारमा सामेल गराउन संयन्त्रका तर्फबाट पहल गर्नेबारेमा छलफल भएको उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संयन्त्रका संयोजक रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री राजेन्द्र लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको बैठकमा सहभागीता रहेको थियो ।
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुई घटक दल सहभागी हुन छाडेका छन् । आइतबारको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएनन् । 

बैठकले नियमितरुपमा संयन्त्रको बैठकलाई निरन्तरता दिने सहमति भएको छ । सरकार गठनका बेला भएको सहमहिमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ । 
बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो । “उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ”, लिङ्देनले भने । बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा छलफल भएको छ । 
बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्वपूर्ण छलफल भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार