सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा अर्को साता नेपालको तीनदिने भ्रमणमा आउने भएका छन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणमा उनी फागुन १ गते सोमबार काठमाडौं आउन लागेका हुन् । उनी ३ गतेसम्म यहाँ रहनेछन् । विदेश सचिवको कार्यभार सम्हालेपछि उनी पहिलोपल्ट नेपाल आउन लागेका हुन् । भारतले ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाललाई प्राथमिकतामा राखेको बताइएको छ ।