सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता साझेदार दलहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा आउने बारेमा छलफल भएको बुझिएको छ । बालुवाटारमा बसेको बैठकमा छलफलको महत्वपूर्ण एजेण्डामा रास्वपालाई सरकारमा ल्याउने बारे पनि रहेको थियो । गृह मन्त्रालय आफ्नो दलले नपाएको भन्दै रवि लामिछानेको दल रास्वपा सरकारबाट बाहिरिएको थियो । बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन् । आजको बैठकमा प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा पनि छलफल हुने भनिएको थियो ।