पहाडी भूभागमा हिमपातको सम्भावना, हवाई यातायात सामान्य प्रभावित

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ ।  आज मौसममा उतारचढाव आउने देखिएको छ । तराईका भू–भागमा बिहानीपख हुस्सु लागेको थियो भने । हुस्सुका कारण दैनिक जनजीवन प्रभावित भएको छ । हुस्सुले स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव परेको थियो । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना छ । मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार