उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

शुक्रबार, माघ २७, २०७९

काठमाडौं । सत्ता साझेदार दलहरूद्वारा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ। बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको संयन्त्र बैठक स्थगन गरेर आजका लागि सारिएको हो ।
बिहीबार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो । संयन्त्र बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेपछि बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो । बैठकको प्रमुख अजेन्डा भने फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रका नेताहरुले राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति बन्नुपर्ने बताउँदै आएका छन् । ओली र एमालेका नेताहरुले भने प्रचण्डको नेतृत्वमा सरकार गठनका बेलाको जस्तै राष्ट्रपति आफ्नो पार्टीले अघि सारेको उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार