सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्ट दुरुपयोग गरेको मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौंले छानबिन थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र अध्यागमन विभागले उजुरी लिन नमानेपछि सिन्धुलीका युवराज पौडेल सफलले वकिल कार्यालयमा निवेदन दिएका थिए । निवेदन परेपछि वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागमा बुधबार पत्र पठाएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले बताए । ‘हामीले हिजो प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागमा पत्र पठाएका छौं। जवाफ आइसकेको छैन । जवाफ आएपछि निवेदकले उठाएको विषय पुष्टि हुने आधार देखिए अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउँछौं’, नेउपानेले भने । नागरिकताको मुद्दामा दोषि ठहर भएका लामिछानेले सोही नागरिकताका आधारमा पासपोर्ट लिएर दूरुपयोग गरेको उजुरीमा उल्लेख छ । उनले पासपोर्ट दूरुपयोगको मुद्दामा छानबिन गर्न भन्दै प्रहरीमा निवेदन दिएका थिए । तर प्रहरीले हालसम्म पनि उक्त निवेदन दर्ता गरेको छैन । प्रहरीले दर्ता नगरेपछि उनले सरकारी वकिल कार्यालयमा निवेदन दिएका हुन् । रवि लामिछानेले जानि जानि झुटो विवरण बुझाई पासपोर्ट लिएको निवेदनमा उल्लेख छ । पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमाृजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । उक्त कसुर अनुसार लामिछानेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।