उच्चस्तरीय राजनीतिक संयन्त्रकाे बैठक आज बस्ने

बिहीबार, माघ २६, २०७९

काठमाडाैँ । सत्ता गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा बनाएकाे उच्चस्तरीय राजनीतिक संयन्त्रकाे बैठक बस्ने भएकाे छ । 

बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने छ । बुधबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले आज उच्चस्तरीय राजनीतिक संयन्त्रकाे बैठक बस्ने सहमति गरेका थिए ।

राष्ट्रपति र सरकारकाे पूर्णताका विषयमा छलफल हुने जनाइएकाे छ । सरकारलाई  समर्थन गरेका ७ दलका प्रतिनिधिहरू बैठकमा उपस्थित हुने छन् । 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार