सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यो विवादमा सभामुख, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले मंगलबार संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्ष दल र सो पार्टीका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रतिपक्ष दलको नेताको हैसियतमा सुबिधा दिन नहुने भन्दै अधिवक्ता पोखरेलले रिट दायर गरेका थिए ।