टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

बुधबार, माघ २५, २०७९

काठमाडौँ । भूकम्पले थलिएको टर्कीका भूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने तयारी गरेको छ । यसका लागि बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठक बसेको थियो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताएका थिए । 

टर्कीका समकक्षीलाई परराष्ट्रमन्त्रीको फोन, सकेको सहयोग गर्ने प्रतिवद्धता

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले बुधबार महाभूकम्पबाट मानवीय र भौतिक क्षति व्यहोरेको टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन संवाद गरेकी छन् । उनले शक्तिशाली भुकम्पमा ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी हुन् । 

टर्कीका समकक्षीलाई परराष्ट्रमन्त्रीको फोन, सकेको सहयोग गर्ने प्रतिवद्धता
बुधबार दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।  वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीस्थित नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरेकी छन् । 
टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भुकम्पमा परेका नागरिकको उद्धार जारी रहेको जानकारी दिए ।
सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्यूडको भुकम्प गएको थियो । त्यको केही घण्टाको फरकमा ७.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । ती दुबै भूकम्पमा परी हालसम्म त्यहाँ करिब ९ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार