राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दशौदी निर्वाचित

बुधबार, माघ २५, २०७९

दाङ ।  लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । राष्ट्रिय सभा सदस्यमा निर्वाचित दशौदीले चार हजार २६ मत पाएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मत प्राप्त गरे । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गरे । निर्वाचनमा तीन सय पाँच मतदातामध्ये तीन सय चार मत खसेको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन भएको हो ।
रिक्त एक पदका लागि बुधबार उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता थिए । जसमा ३०४ जनाले मतदान गरेका थिए ।
दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरे । त्यस्तै, कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । प्रदेशसभातर्फ तीन मत बदर भएको छ । राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशसभाका सबै ८७ जना सांसदले मतदान गरेका छन् । स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरे । रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह भारत गएकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार