सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति निर्वाचनका कारण मुलुकको राजनीति तातिएको छ । राष्ट्रपति निर्वाचनले राजनीतिक ध्रवीकरणलाई पनि फेरबदल गरिदिनु अडकल बाजी भइरहेको छ । एमालेले आफ्ना उम्मेदवारलाई राष्ट्रपति बनाउन चाहिरहेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु पर्ने भन्दै एमाले इततरको उम्मेदवारको पक्षमा उभिएका छन् । राष्ट्रपति निर्वाचनसहितका विषयमा छलफल गर्न बुधबार विहान एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओली निवास बालकोट पुगे । दुई नेताबीच राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा खुलेर छलफल भएको थियो । भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ । संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताए । ओलीसँगको छलफल सकेर निस्किने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छौं। सहज रुपमा कसरी अगाडि बढ्ने छलफल गर्छौं। राष्ट्रपतिको विषयमा पनि छलफल हुन्छ।’ पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको थियो । यसअघि ओलीले संयन्त्रको बैठक बोलाउन खोज्दा प्रधानमन्त्री प्रचण्ड तयार भएका थिएनन् । तर बुधबार प्रचण्ड र ओलीबीच भएको छलफलपछि संयन्त्रको बैठक बोलाउने सहमति भएको छ र बैठकमा राष्ट्रपतिका विषयमा छलफल हुने तय भएको हो । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रचण्ड र ओलीबीचको भेटघाट पनि बाक्लिन थालेको छ। मंगलबार पनि ओली र प्रचण्डबीच सिंहदरबारमा छलफल भएको थियो भने त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई भेटन ओली बालुवाटार पुग्ने गरेका थिए। माओवादीले राष्ट्रपतिमा निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने र त्यसो हुन नसके विचार मिल्ने दलहरुसँग मिल्ने निर्णय गरेपछि एमाले र माओवादीबीच सम्बन्धमा चिसोपना आएको अडकल काटिएको छ । निर्वाचन आयोगले फागुन २५ गते राट्रपतिको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा राष्ट्रपतिका विषयमा दलहरुबीच भिन्न मत सार्वजनिक हुँदै आएको छ। पुस १० मा एमालेलगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड र एमालेबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको छ। जस अनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि झस्किएको एमाले कांग्रेसले पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने र आफ्नै उम्मेदवार विजयी हुने दाबी गरेपछि माओवादीप्रति सशंकित बन्दै गएको बेला उच्चस्तरीय राजनीतिक संयन्त्रकोे बैठक बस्ने सहमति भएको हो ।