ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले मनोनित गरे सल्लाहकार  

मंगलबार, माघ २४, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञहरूलाई आफ्नो सल्लाहकारमा मनोनयन गरेका छन् । 
जनप्रतिनिधिसँग सबै क्षेत्रको ज्ञान नहुने भएकाले विज्ञको सुझाव लिएर काम गर्न सहज तुल्याउन सल्लाहकार मनोनित गरेको महानगर प्रमुख महर्जनले बताए । उनले भने, ‘महानगरको श्रीवृद्धिका लागि यहाँहरूको योगदान महत्वपूर्ण हुने विश्वास लिएको छु ।’

329410321_642201747665850_6813097168730826099_n1675760590.jpg
पद्यमसुन्दर जोशी परम्परागत पानी व्यवस्थापन विज्ञ, प्रा.डा. पुष्पमान अमात्य वनस्पति विज्ञ, भूकम्प प्रविधि राष्ट्रिय समज नेपाल (एनसेट) भूकम्पीय जोखिम न्यूनीकरण विज्ञ संस्था, डा.रोहीत कुमार रञ्जितकार सम्पदा विज्ञ,  दिलेन्द्रराज श्रेष्ठ पर्यटन विज्ञमा मनोनित भएका छन् । 
त्यसैगरी, डा.तारामान अमात्य जनस्वास्थ्य विज्ञ, डा.मदनकुमार पिया अबुर्दरोग विज्ञ, विनोद सिजापति अर्थविज्ञ, तीर्थमान शाक्य नीति तथा कार्यक्रम विज्ञ, कनकमणि दीक्षित सूचना प्रविधि तथा सञ्चार विज्ञ, रिद्धिबाबा प्रधान महिला बालबालिका तथा समाजकल्याण विज्ञ, भरतबहादुर थापा संस्थागत विज्ञ, पदमकृष्ण श्रेष्ठ खेलकुद विज्ञ, सुरेन्द्र गोविन्द जोशी शहरी योजना व्यवस्थापन विज्ञका रुपमा मनोनित भएका छन् ।

328272021_5960411377384744_3988153263364151883_n1675760586.jpgअन्तर्राष्ट्रिय सम्बन्धविज्ञमा मुकुन्द विष्ट, राजनीतिक विज्ञमा नन्दकिशोर शाही, कृषि विज्ञमा धर्म महर्जन, अमूर्त सम्पदा विज्ञमा वदनलाल न्याछ्योँ, शिक्षा सल्लाहकार विज्ञमा लोकबहादुर खड्का र राजनीतिक सल्लाहकार विज्ञमा बाबुराज महर्जनलाई मनोनित  गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार