यूएसएआईडी प्रमुख समान्था पावर काठमाडौंमा

मंगलबार, माघ २४, २०७९

काठमाडौं। अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमणमा काठमाडौं आइपुगेकी छन् । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हो । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् । यूएसएआईडीले अघिल्लो बुधवार विज्ञप्तिमार्फत उनको भ्रमणको जानकारी गराएको थियो ।
पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले प्रेस विज्ञप्तिमा जनाएको छ। उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार