रास्वपाका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत, मन्त्रालयको  कार्यभार प्रधानमन्त्रीलाई 

सोमबार, माघ २३, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनीहरुले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर राजीनामा दिएका थिए । रास्वपाका मन्त्रीले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्माल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको पदबाट राजीनामा दिएका थिए । उनीहरुको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार रास्वपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार