मानव वेचविखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद ७५ हजार क्षतिपूर्तिको सजाय

सोमबार, माघ २३, २०७९

काठमाडौं । काठमाडौं जिल्ला अदाललते मानव बेचबिखनमा ब्युटी प्याजेन्ट आयोजक मनोज पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । पाण्डे यसअघि नै दोषी ठहर भएपनि सजाय भने सोमबार तोकिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बाल यौन दुर्व्यवहार र मानव बेचबिखनमा दोषी ठहर गरिसकेको छ । न्यायाधीश दीपक ढकालको एकल इजलासले उक्त सजाय गरेको हो ।
बाल यौन दुर्व्यवहारमा यसअघि पाण्डेलाई ६ महिना कैद सजाय तोकिएको थियो ।
पाण्डेले नै सञ्चालन गरेको सुन्दरी प्रतियोगितामा ८ वर्षअघि सहभागी भएकी एक युवतीले त्यतिबेला आफूमाथि बलात्कार भएको दाबी गर्दै यसै वर्ष सामाजिक सञ्जालमार्फत घटना बाहिर ल्याएकी थिइन् । एजुकेसनल कन्सल्टेन्सी सञ्चालकसमेत रहेका पाण्डे त्यसपछि पक्राउ परेका थिए ।
ती युवतीले बलात्कारको आरोप लगाएपनि हदम्याद सकिएको भन्दै प्रहरीले मानव बेचबिखनमा अभियोग पत्र दर्ता गरेको थियो । यही आरोपपछि कानून संशोधन गरेर बलात्कार मुद्दामा हदम्यादलाई २ वर्ष पुर्‍याइएको छ ।
अदालतले पीडित पक्षले गरेको मागअनुसार सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग दाबी आंशिक पुग्ने ठहरसहित पाण्डेलाई सात वर्ष लामो जेल सजाय सुनाएको हो।  पाण्डेविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो। 
यसअघि न्यायाधीश ढकालको इजलासले माघ ११ गते पाण्डेलाई दोषी ठहर गरेको थियो तर त्यसबेला सजाय निर्धारण गरिएको थिएन । जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।  
यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो । अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ। २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार