नेविसंघका २ समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

सोमबार, माघ २३, २०७९

काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका बीच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार