नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

सोमबार, माघ २३, २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मोन्टी देसाई नियुक्त भएका छन् । उनले केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको औपचारिक घोषणाकाे तयारी गरेको छ ।
देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन् । उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन् । उनले सन् २०१५ को आईसीसी टी(ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए । क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका २४ जनामध्ये अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता गरेको थियो । 
मुख्य प्रशिक्षक मनोज प्रभाकरले गत मंसिर अन्तिम साता राजीनामा दिएपछि नेपाली प्रशिक्षकविहीन छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो । तर उनी चार महिना पनि टिक्न नसकेर राजीनामा दिइ फर्किए। 

देसाईको खेल पृष्ठभूमि 
भारतीय मोन्टी देसाई वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक हुन् । आवेदमध्येबाट देसाई नेपाल आएर जिम्मेवारी पाएका हुन् । 
वेष्ट इण्डिजसँगको सम्झौता सकिएपछि देसाई नेपाल आएका हुन् । नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाइन सुधार्ने अपेक्षा छ ।
१२ वर्षदेखिको ब्याटिङ अनुभव भएका देसाईसँग अफगानिस्तान, नेपाल, युएई, क्यानडा, आईपीएल टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेश हेरिसकेको अनुभव छ ।  यसअघि सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । 
सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व टी–२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए । 
 


 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार