प्रधानमन्त्री र दलका प्रमुख सचेतकबीच छलफल

सोमबार, माघ २३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतकहरुसँग प्रचण्डले छलफल गरेका हुन् । 
भेटमा दलका प्रमुख सचेतकसँगै मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतको पनि उपस्थिति थियो । छलफलमा संसदको काम कारवाही प्रभावकारी बनाउने विषयमा साथै विधेयकहरुका सम्बन्धमा पनि छलफल भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार