राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन 

आइतबार, माघ २२, २०७९

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन।
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार